३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

६ असार, काठमाडाैं ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनकाे मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १०:४५