एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध बैंकिङ कसुरमा जाहेरी
५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय दाङमा चौधरीविरुद्ध हुलाकमार्फत चेक अनादर कसुरमा जाहेरी परेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकमार्फत दिएको जाहेरी आएको तर अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइनसकेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुनप्रसाद तिमल्सिनाले बताउनुभयो । चौधरीविरूद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो।
प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १६:५२












