कांग्रेस नेताका नामको अस्पताल पनि संघीय सरकारकै मातहत राख्न युवा नेता पाैडेलको माग
३० पुस, काठमाडाैँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पाैडेलले कांग्रेस नेताका नामको अस्पताल पनि संघीय सरकारकै मातहत राख्न सरकारसँग माग गरेका छन । जि पि कोईराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल सरकारले संघीय सरकारकाे मातहतबाट हटाउने निर्णय गरेको भन्दै युवा नेता पाैडेलले विज्ञप्ति मार्फत राजनीतिक दुषमनी नमोल्न चेतावनी समेत दिए । उनले सरकारले माग सुरूवाइ नगरे उत्पन्न परिस्थितिको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने बताएका छन ।
युवा नेता पाैडेले जारी गरेको विज्ञप्ति
प्रेस विज्ञप्ति
नेपाली काङ्ग्रेस,केन्द्रीय सदस्य प्रदिप पौडेल, नेपाल सरकारले यस शुक्लागण्डकि नगरपालिका वडा नम्बर ५ स्थित रहेको नेपालकै एकमात्र स्वासप्रस्वास उपचार केन्द्र जि पि कोईराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल लाई सङ्घिय सरकारको मातहतका अस्पताल को सुचिबाट हटाउने निर्णय प्रती गम्भीर आपति प्रकट गर्दछु ।
२५० रोपनि भन्दा बढि जग्गा रहेको र विगत ५ वर्ष देखि पुर्व सरकारले नियमित रूपमा अस्पताल को वृद्धि विकासका लागि लगानी गर्दै आएको र नेपाल अधिराज्य भर स्वासप्रस्वास उपचारको छुट्टै र विशेष अस्पताल नभएको परिस्थितिमा र पुर्वधार निर्माणकार्य को डि। पि ।आर समेत तयार भैसकेको अस्पताललाइ यसरी हटाउने निर्णय गरि, आम शुक्लागण्डकि नगरपालिका ,क्षेत्र ,जिल्ला ,प्रदेश र राष्ट्रकै गरिमा माथि आच आउने अलोकतान्त्रिक निर्णय गरेकोमा घोर आपति प्रकट गर्दछु ।
गैरकम्निष्ट नेताको नाम बाट सन्चालित अस्पताल भएकै कारण सुचिबाट हटाइएको मा र नेपालको हरेक परिवर्तनको हस्ति,लोकतान्त्रिक आन्दोलन का अगुवा हरूको देन र बलिदान लाई अपहेलना गर्ने र उनिहरूको योगदान लाई समेत व्यवास्ता गर्ने जुन खालको निन्दनीय निर्णय भएको छ । सरकारले उक्त निर्णय लाई फिर्ता लिइ निर्णय सच्चाइ जि पि कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल लाइ तत्काल सङ्घिय सरकारको मातहतमा राखि प्राथमिकताका साथ अगाडि बढाउन माग गर्दछु । अन्यथा गरियमा यसको जिम्मेवारी सरकारले लिनुपर्नेछ । जय नेपाल ।
प्रदीप पाैडेल
केन्द्रीय सदस्य
नेपाली कांग्रेस
प्रकाशित मिति : ३० पुष २०७५, सोमबार २१:५५