१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

युनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

५ असार, काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको  हो ।  कम्पनीको असार ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार ११:०४