३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

विजय लघुवित्तको २४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

५ असार, काठमाडौं। विजय लघुवित्तले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २४ हजार ४२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काभ्रेमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने जनाइएको छ । साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १०:४७