२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेशनल लाइफको साधारण सभा आज, लाभांश प्रस्ताव पारित गरिने

५ असार, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको ३७ औं वार्षिक साधारण सभा आज बिहान साढे १० बजे काठमाडौंको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।

उक्त सभामा हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।साथै, कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेकाले बोनस सेयर बापतको कर प्रयोजनका लागि नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने, लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी जम्मा ५ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले गत जेठ २२ गते एक दिन बुक क्लोज गरेको थियो । यसको अर्थ जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रकाशित मिति : 09:24