बिग ब्यास लिगको ड्राफ्टमा सन्दीप लामिछानेसहित ६ खेलाडी
४ असार, काठमाडौं । अस्ट्रेलियाको बिग ब्यास लिगको विदेशी खेलाडी ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन्। आगामी सिजनका लागि ड्राफ्ट सार्वजनिक गरिएको हो। जसमा नेपालका सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद छन्।
यसअघि पनि लामिछानेले लिग खेलिसकेका छन्। पछिल्ला सिजन भने उनी लिगमा आबद्ध थिएनन्।ड्राफ्ट बिहीबार हुनेछ।
प्रकाशित मिति : ४ असार २०८२, बुधबार १७:२४












