त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ
४ असार, काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेकी छन्। पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति १ किलो १६० ग्राम सुनसहित पक्राउ गरिएको हो।
उनी सारजाहबाट एयर अरेबियाको उडानमार्फत् मध्यराति नेपाल आइपुगेकी थिइन्। चेकिङको क्रममा सुन फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
प्रकाशित मिति : ४ असार २०८२, बुधबार १३:३३












