१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नेपाल टेलिकमले सेयरधनीलाई प्रतिसेयर ५५ रुपैयाँ नगद लाभांश दिने

३० पुस, काठमाडाैँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले सेयरधनीलाई प्रतिसेयर ५५ रुपैयाँ नगद लाभांश दिने भएको छ । सोमबार काठमाडाैँमा सम्पन्न एघारौं वार्षिक साधारणसभाले सेयरधनीलाई प्रति सेयर ५५ रूपैयाँ दिने प्रस्ताव पारित गरेको हो ।

लगानीकर्ताले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ५५ रुपैयाँका दरले नगद लाभांश पाउने भएका हुन । लाभांश रकम माघ १ गतेदेखि नै एनएमबी बैंकमार्फत सेयरधनीहरुलाई वितरण गर्ने टेलिकमले जनाएको छ ।

साधारणसभाले  लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट अच्युतराज जोशी र प्रकाशजङ्ग थापालाई लेखापरीक्षक नियुक्त गरेको छ । २०७५ असारसम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बताएका छन ।

प्रकाशित मिति : ३० पुष २०७५, सोमबार १९:४४