२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

पिपुल्स इनजीले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

३ असार, काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेकोभएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २४ गते काठमाडौंको नयाँ बानेश्वरमा रहेको अनमोल ब्याङक्वेटमा साधारण सभा बोलाएको हो ।

सभा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने, आव २०८०र८१ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार ०९:३१