बागमती नगरपालिकाका निलम्बित मेयर थापा ५० लाख धरौटी बुझाएर छुटे
२ असार, काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा हुनुभएको छ । अवैध रूपमा ढुंगा, गिटी र बालुवा उत्खनन गरी वन पैदावारमा क्षति पुर्याएको तथा वन ऐनको उल्लंघन गरेको अभियोगमा उनीविरूद्ध मुद्दा दायर भएको थियो।
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आइतबार भएको थुनछेक बहसपछि थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । मेयर थापा आइतबार अदालतमा उपस्थित हुनुभएको थियो । भ्रष्टाचारको मुद्दा दायर भएपछि उहाँ निलम्बित हुनुहुन्छ ।
प्रकाशित मिति : २ असार २०८२, सोमबार १७:०७









