९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

२ असार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ।  नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै साविककै आकार तथा रंगमा १० रुपैयाँ दरको नयाँ नोट असार २ गते सोमबारदेखि प्रचलनमा ल्याइएको जानकारी दिएको हो।

राष्ट्र बैंकले जनाएअनुसार संकेत नम्बर द/३२ ०००००१ देखि प/९४ ९९९९९९ सम्मका नोटहरू चलनचल्तीमा ल्याइनेछन् । यी नोटमा “नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्य उल्लेख गरिएको छ ।

नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप र गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ । त्यस्तै, तल्लो भागको किनारमा नोटको सिरिज नम्बर नेपाली भाषामा “वि.सं. २०८१” लेखिएको छ ।

प्रकाशित मिति : June 16, 2025 at 11:18 am