आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
२ असार, काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्यमा कुनैपनि घटबढ भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि स्थिर नै रहेको छ । चाँदी अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २ असार २०८२, सोमबार १०:४८










