८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

भारतीय गाडी प्रयोग गरी लागुऔषध कारोबार गर्ने नुवाकोटका दुई जना पक्राउ

१ असार, काठमाडौं । भारतीय गाडी प्रयोगगरी लागुऔषध कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट जिल्ला पन्चकन्या गाउँपालिका २ घर भइ काठमाडौं महानगरपालिका १४ बल्खु बस्ने २६ वर्षका राजु मिजार र सोही ठाउँ बस्ने बर्ष २४ की मीना मगर रहेका छन् ।

उनीहरूलाई जेठ ३० गते काठमाडौं महानगरपालिका १४ कुलेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषधको बिक्री वितरण तथा ओसारपसार गर्ने कार्य भइरहेको भन्ने सूचनाको आधारमा कुलेश्वर स्थित फलफूल बजार नजिकै शङ्कास्पद अवस्थामा रोकी राखेको UP78CB9835 नम्बर प्लेट भएको भारतीय SANTRO कारलाई चेकजाँच गर्ने क्रममा गाडीको ढोकामा र डिक्कीमा खालि सिलिन्डरभित्र लुकाइ राखिएको अवस्थामा लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

उनीहरूबाट ट्रमाडोल ८२९० फायल गरी जम्मा ८२ हजार नौ सय क्याप्सुल, विभिन्न कम्पनीको मोबाइल २ थान, अक्सिजन सिलिन्डर १ थान, UP78CB9835 नम्बर प्लेट भएको भारतीय SANTRO कार र ६५ हजार नगद बरामद गरीएकाे प्रहरीले जनाएकाे छ । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ११ दिनकाे म्याद थप गरी अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार १७:२६