१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नेप्सेको लापरबाहीका कारण माथिल्लो तामाकोशीको सेयर एकै दिन ५० प्रतिशतले बढ्यो

३० पुस, काठमाडाैँ । नेप्सेको लापरबाहीका कारण माथिल्लो तामाकोशीको सेयर एकै दिन ५० प्रतिशतले बढेको छ । सोमबार माथिल्लो तामाकोशी हाइड्रोपावरको सेयर मूल्य ५० प्रतिशतले बढेको देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुनै पनि कम्पनीको सेयरमूल्य एक दिनमा १० प्रतिशतसम्म मात्र बढ्न सक्ने भए पनि नेप्सेको आधिकारिक वेबसाइटमा नै कम्पनीको सेयर मूल्य ५० प्रतिशतले बढेको देखिएको हो ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले प्राविधिक त्रुटिका कारण तामाकोशीको सेयर मूल्य उच्च बढेको देखिएको बताए। भने, ‘प्राविधिक कारणले समस्या देखिएको हो। यसको विषयमा छलफल हुँदैछ।’

आइतबार २ सय २४ रुपैयाँमा कारोबार रोकिएको कम्पनीको सेयर मूल्य सोमबार ३ सय ३६ रुपैयाँ पुगेको छ। नेप्सेको लापरबाहीका कारण लगानीकर्तालाई कम्पनीको सेयर खरिद–बिक्री गर्न समस्या भएको छ।

प्रकाशित मिति : ३० पुष २०७५, सोमबार १२:५७