८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

कुमारी बैंकको ५ लाख ६ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

१ असार, काठमाडौं। कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । बैंकले यसअघि एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्रीमा राखेको थियो । तर सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएकाले आम सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

 इन्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार ११:१७