८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

हिमालयन बैंकको २ करोड ८० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

३० जेठ, काठमाडौं । पाकिस्तानस्थित हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर बिक्री गर्ने भएको हो ।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु ११२.८० निर्धारण गरिएको छ।

यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र हेरिटज प्लाजा, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

उक्त निर्धारित समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार १२:१९