३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

एकैदिन ४२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

३० जेठ, काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो काारेबारको दिन  छापावाल सुन तोलाको १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १६५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार १०:४९