कैलालीमा गोली चल्यो, २ जना पक्राउ
२९ जेठ, काठमाडौं । कैलालीमा गोली चलेको छ । प्रहरीले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।
फरार प्रतिवादीलाई पक्राउ गर्ने क्रममा भजनी-७ मा मिलन चन्द र हृदम ढुङ्गानालाई गोली हानिएको प्रहरीले जनाएको छ । दुवैजनालाई घुँडामुनि गोली लागेको छ । घाइतेहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।
प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार १७:३३












