स्वरोजगार लघुवित्तको ५४ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
२९ जेठ, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि कुल ५४ हजार ४६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कुल सेयर संख्यामा २० हजार ५ सय कित्ता आम सर्वसाधारणका लागि र ३३ हजार ९६४ कित्ता संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ । बिक्रीमा राखिएको सेयर सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार ११:४६










