२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

संसदीय दलको नेता चुनिएपछि ओलीले भने ‘देश हामीले नै बनाउने हो’


३ फागुन, काठमाडौँ । नेकपा एमलेको संसदीय दलको नेतामा चयनपछि नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने जिम्मेबारी एमालेको काँधमा आएको बताउनुभएको छ । उहाँले चुनौतीका बीच गहन जिम्मेवारी लिएर अगाडि बढ्ने बताउनुभएको छ । संसदीय दलमा सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएपछि सांसदहरुलाई सम्बोधन गर्दै ओलीले जनताको भावनाको सम्मान गर्नुपर्नेमा जोडदिनुभयो ।

एमाले संसदीय दलको पहिलो बैठकमा सांसदहरुलाई निर्देशन दिँदै ओलीले देश विकासको लागि सम्पूर्ण सामर्थ्य लगाउने बताउनुभयो । ओलीले ढिला सुस्ती र जनताले सुविधा नपाउने काम आफ्नो सरकाबाट नहुने र त्यस्ता कार्य भए क्षम्य नहुने चेतावनी दिनुभयो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार १५:०४