३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

स्वावलम्बन लघुवित्तको ५३ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२९ जेठ, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि बोलकबोल प्रक्रियामार्फत ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ निर्धारण गरिएको छ ।

उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि असार १२ गतेसम्म बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार ०९:५५