९ असार २०८२, सोमबार | Mon Jun 23 2025

सुनको मूल्य तोलामै १३ सय रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

२८ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको थियो ।

बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा दुई हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार पनि घटबढ नभइ सोही मूल्यमा कारोबार भएको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार १०:५३