आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२७ जेठ, काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । यस दिन चाँदीको तोलामा १५ रुपैयाँ बढेर प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलवार १०:५५