१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

प्रदेशलाई स्थापित गर्न ऐतिहासिक काम भयोः मुख्यमन्त्री पोखरेल

२९ पुस, वुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशलाई स्थापित गर्न प्रदेश सरकारले महत्वपूर्ण र ऐतिहासिक काम गरेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्नुहुँदै प्रदेशको सम्पूर्ण संरचना शून्यबाट शुरु भएको बताउनुभयो । प्रदेश सरकार संस्थागत प्रक्रियामा अगाडि बढ्न सफल भएको उहाँको भनाइ थियो ।

प्रदेश सरकारले कानूनको अभावमा पहिलो वर्ष देखिने गरी केही गर्न नसकेकाले यस वर्ष कानूनलाई प्राथमिकता दिई काम गरिरहेको मुख्यमन्त्री पोखरेलले स्पष्ट पार्नुभयो । “गएको अधिवेशनमा १४ कानून पारित भएको थियो । अहिले २० विधेयक तयार गरेका छौँ । ऐतिहासिक अधिवेशनका रुपमा स्थापित गर्न सक्षम छौँ,” उहाँले भन्नुभयो । योजनाविहीन विकासले लक्ष्यमा पु¥याउन नसक्ने भएकाले यस वर्ष प्रदेश आवधिक योजना बनाउने वर्षका रुपमा घोषणा गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

“आगामी आर्थिक वर्षमा आवधिक योजनामा आधारित बजेट ल्याउँछौँ,” उहाँले भन्नुभयो । उहाँले आवश्यक विधी र कानूनको अभावका कारण प्रदेश सरकारलाई बजेट कार्यान्वयन गर्न चुनौतिपूर्ण रहेको हँुदा सीमित साधनस्रोत परिचालन गरी चालू आवमा अगाडि सारेका २५० योजनाको काम शुरु गरिने स्पष्ट पार्नुभयो ।

“प्रदेशअन्तर्गत १०८ विभागीय कार्यालय स्थापना गरिसकेका छौँ,” उहाँले भन्नुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ कर्मचारीका लागि आकर्षणको प्रदेश भएको बताउनुभयो । “समायोजनका लागि फारम भर्ने कर्मचारी अधिकांशले यस प्रदेशमा आउन चाहेका छन्,” उहाँले भन्नुभयो, “अहिलेसम्म सहमति र सहकार्यको संस्कृतिबाट अघि बढेका छौँ । त्यसलाई कायम गरौँ । अहिले विवाद कचिङ्गल ग¥यौँ भने सुधार्न गाह्रो हुन्छ । भविष्यका लागि सोचौँ ।”

प्रकाशित मिति : २९ पुष २०७५, आईतवार १९:३६