१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

श्रममन्त्री विष्टको निर्देशनपछि वैदेशिक रोजगार विभागका घुसखोरीको रुवावासी


८ चैत, काठमाडौं । भ्रष्टाचारको पर्यायको रुपमा चिनिने वैदेशिक रोजगार विभागमा दरबन्दी बाहेकका कर्मचारीलाई प्रवेश निषेध गरिएको छ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले दरबन्दीमा रहेका बाहेकका कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन निर्देशन दिएका हुन । उनको निर्देशनपछि त्यही बसेर घुस खाने सपना पालेका कर्मचारीको रूवावासी चलेको छ ।

मन्त्री विष्टले विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी बसेका कर्मचारीलाई हाजिरमै रोक लगाउने काम गरेका हुन । वैदेशिक रोजगार विभागमा हाल दरबन्दीभन्दा बढी १६ जनाले काम गरिरहेका छन ।

गत असोजमा सामान्य प्रशासनले मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएपछि विभिन्न निकायबाट कर्मचारीको काज सरुवा गरेको थियो । तर, केही कर्मचारी विभागबाट अन्त जानै मानेका थिएनन् । उनीहरु सरुवा नै रद्द गरेर बसेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १६:३५