आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२६ जेठ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने बढेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार ११:०६