सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त
२५ जेठ, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त हुनुभएको छ । जेठ २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले वाग्लेलाई चार वर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १२:०६












