७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

एडिलेडमा नेपाली संगीतको धमाका लाईव इन एडिलेडमा एकदेव लिम्बु र समिर श्रेष्ठको प्रस्तुति दिने

एडिलेड। आगामी जुलाई २ तारिख, एडिलेडको साँझ नेपाली संगीतले गुञ्जिने भएको छ। नेपालका चर्चित युवा गायक एकदेव लिम्बुसमिर श्रेष्ठ लाई एकै मञ्चमा सुन्ने दुर्लभ अवसर अब एडिलेडवासी नेपाली समुदायको लागि आउने भएको छ ।

“Live in Adelaide” नामक यो विशेष लाईभ म्युजिक इभेन्ट Lions Art Factory, एडिलेडमा आयोजना हुने छ, जसको सुरुवात साँझ ७ बजे हुनेछ।

एक देव लिम्बु  “कालीजै”, “किन हो किन” जस्ता भावपूर्ण गीतका लागि लोकप्रिय, लिम्बु स्टेजमा उर्जा, भावना र अद्वितीय प्रस्तुतिका लागि चिनिन्छन्। भने समिर श्रेष्ठका गीतहरू नेपाली युवाको मनोविज्ञान, प्रेम र संवेदनालाई छुने खालका हुन्छन्। Good Boys ब्यान्डसँग मिलेर उनीहरुले स्टेजमा ऊर्जा थप्नेछन्।

एस के ईभेन्टको आयोजनामा हुने कार्यक्रम वारेमा निर्देशक कमल थापा मगरले भने – यो संगितिक माहोल केवल संगीतको मज्जा लिने अवसर मात्र होइन, प्रवासमा रहेका नेपालीहरूबीच सांस्कृतिक एकता, सद्भाव र सम्बन्ध थप प्रगाढ बनाउने अवसर पनि हो। युवा पुस्ताबाट जमेका यी कलाकारहरूलाई प्रत्यक्ष हेर्नु र सुन्नु आफैँमा एक अविस्मरणीय अनुभव हुने निश्चित छ समेत रहेको उनले बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार ११:१७