८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

कुमारी बैंकको ३१ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२५ जेठ, काठमाडौं। कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३१ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १०:१५