१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

लक्ष्मी सनराइज बैंकका कार्ड सेवाहरू अस्थायी रूपमा बन्द हुने

२३ जेठ, काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको कार्ड सेवाहरू अस्थायी रूपमा बन्द हुने भएको छ। बैंकले एक सूचना जारी गर्दै आफ्ना ग्राहकहरूलाई कार्डसम्बन्धी सेवा अस्थायी रूपमा बन्द हुने जानकारी दिएको हो। बैंकले आफ्नो कार्ड सेवा प्रणालीमा आवश्यक अद्यावधिकका लागि सेवा अस्थायी रूपमा बन्द हुने जनाएको हो ।

बैंकका अनुसार जेठ २४ गते बिहान ६:०० बजेदेखि ७:४५ बजेसम्म कार्डसँग सम्बन्धित विभिन्न सेवा Remote, Visa ACS Service, ATM, POS, e-Commerce, On-Us तथा Off-Us On-Us – सबै सेवा अस्थायी रूपमा बन्द रहनेछन्।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार १७:३९