श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ६ हजार कित्ता सेयर बिक्रीमा
२३ जेठ, काठमाडौं। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । सेयरको बिक्री मूल्य बिक्रीकर्ता र खरिदकर्ताको आपसी समझदारीअनुसार हुने कम्पनीले जनाएको छ ।
साथै, तोकिएको समयअवधिमा उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनैपनि आवेदन नआएमा संस्थापक सेयरधनी बाहेकका व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार ११:३८