आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
२३ जेठ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा कुनैपनि घटबढ भएको छैन ।
आज अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भईरहेको महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा भईरहेको छ ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी ७५ रुपैयाँले बढेर प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार १०:४९












