तस्बिरमा हेर्नुहोस् हिमपातपछिको लाङटाङ
-भुमराज तिवारी
२३ जेठ, लाङटाङ । लाङटाङमा हिमपात भएको छ । गएरातिदेखि लाङटाङ क्षेत्रमा हिमापात भैरहेको छ । हिमपातसँगै लाङटाङ क्यान्जिङ भ्यालीमा पुगेका पर्यटकहरू हिउँमा रमाउन पाएका छन ।
रसुवा नुवाकोट पर्यटन समाजले जेठ २४ गते भोलि आयोजना गर्ने लाङटाङ ट्रेल रनको लागि सहभागी हुन हिजैदेखि क्यान्जिङ भ्यालीमा पुगेका पर्यटक हिउँसँग खुशी मनाइहेका छन ।
भोलि लाङटाङ क्यान्जिङ भ्यालीको क्वाङजिन गुम्बा (३८४० मिटर)बाट सुरु भइ १९०० मिटर स्थित स्याफ्रुबेसीमा पुगेर टुंगिने ट्रेल रन ३२ किमीको हुनेछ । प्रतियोगितामा स्वदेशी र विदेशी गरी एकसयभन्दा बढी खेलाडीको सहभागिता जनाउँदै हुनुहुन्छ ।
प्रतियोगितामा विजेताले नगद एक लाख रुपैयाँ, दोस्रो स्थान हात पार्नेले ७५ हजार, तेस्रो स्थानलाई ५० हजार, चौथो स्थानलाई २५ हजार र पाँचौँले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन ।
२०७२ को भूकम्पले निकै प्रभावित बनाएको लाङटाङ क्षेत्रमा पर्यटनलाई पुनर्जीवन दिने र हिमाली दौडलाई विश्व ट्रेल रनको नयाँ गन्तव्य बनाउने उदेश्यले लाङटाङ ट्रेल रन आयोजना गरिएको रसुवा नुवाकोट पर्यटन समाजका वरिष्ठ उपाध्यक्ष शिव लामिछानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार ०७:४३












