८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

नबिल बैंकको सीइओमा मनोजकुमार ज्ञवाली नियुक्त

२२ जेठ, काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा मनोज कुमार ज्ञवाली नियुक्त हुनुभएको छ । कायमुकायम सीईओ रहनुभएको ज्ञवालीलाई बैंक सञ्चालक समितिको बिहीबारको बैठकले सीईओमा नियुक्त गरेको हो ।

बैंकले जेठ २२ गतेदेखि लागू हुने गरी उहाँलाई ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो । ज्ञानेन्द्र ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी सीईओबाट राजीनामा दिएपछि ज्ञवालीलाई कामुको जिम्मेवारी दिइएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार ११:४७