सुनको मूल्यमा निरन्तर वृद्धि, कति पुग्यो तोलाको ?
२२ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार ११:०४












