१६ पुष २०८२, बुधबार | Thu Jan 1 2026

राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित

२१ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त हुनुभएकाे छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पण्डितलाई जेठ २१ बुधबारदेखि लागू हुने गरी बैंकको प्रवक्तामा नियुक्त गरिएकाे हाे ।

वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गर्नुभएकाे पण्डितसँग बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ । यसभन्दा अघि केन्द्रीय बैंकको प्रवक्तामा सुपरीवेक्षण विभागका कार्याधिकारी निर्देशक रामु पौडेल हुनुहुन्थ्याे ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार १६:३२