सिद्धार्थ बैंकका ग्राहकहरुलाई बिराटनगरको गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्म छुट
२१ जेठ, काठमाडाैं । सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंक लिमिटेडका विराटनगर शाखा प्रबन्धक सूर्य प्रसाद शर्माले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएकाे हाे ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले विराटनगर स्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार ११:५७












