निरन्तर बढ्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबर ?
२१ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।
यस दिन चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ७५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार १०:४८












