सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा
२० जेठ, काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारणका लागि १० हजार ६५९ कित्ता सेयर र संस्थापक सेयरधनीहरुका लागि ४ हजार ५१३ कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकले सर्वसाधारणका लागि बिक्रीमा राखेको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ र संस्थापकका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ४५० रुपैयाँ निर्धारण गरेको छ ।
संस्थापक सेयरधनीहरूले बिक्रीमा राखिएको सेयर खरिद गर्न ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । त्यस्तै, सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरमा लगानीकर्ताले असार २ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार ११:५३












