३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२० जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँ खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १०:५०