१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

लाभांश पारित गर्न हिमालयन लाइफले बाेलायाे साधारण सभा, बुक क्लोज कहिले ?

२० जेठ, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न असार १० गते आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १०ः ३० बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभामा कम्पनीको प्रस्तावित विषय उपर कुनै फेरबदल, संसोधन एंवम परिमार्जन गर्न परे सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १०:००