९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

यातायात बन्द गराएको आरोपमा १५ जना पक्राउ

१९ जेठ, काठमाडौं । यातायात व्यवसायीको आन्दोलनका क्रममा यातायात बन्द गराउँदै हिँड्ने १५ बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले देशभर गरेर यातायात बन्द गराउँदै हिँड्ने उनीहरुलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा आज यातायात व्यवसायीले गाडी चलाउन रोकेका थिए । जसका कारण बिहानदेखि जनजीवन प्रभावित भएको छ ।  उपत्यकामा प्रहरीले दुई बस सञ्चालन गरी निःशुल्क बस सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो । यस्तै, अन्य क्षेत्रमा अलपत्र परेका यात्रुलाई ‘स्कटिङ’ गरेर गन्तव्यतर्फ पठाउने कार्य जारी छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार १६:३५