प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब, कुन पालिकालाई कति बजेट ? (सूचीसहित)
१९ जेठ, काठमाडाैं । आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकारले प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब रुपैयाँ बजेट अनुदान हस्तान्तरण गर्ने भएको छ। अर्थ मन्त्रालयका अनुसार आगामी आवमा ७ प्रदेश सरकारले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पाउने छन् । त्यस्तै, ७५३ स्थानीय तहले भने ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ ।
स्थानीय तहमध्ये महानगरपालिकामा ११ अर्ब ७५ करोड, उपमहानगरमा ११ अर्ब ३८ करोड, नगरपालिकामा १ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ जाने गरी विनियोजन भएको छ ।
प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार १३:१२








