३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१९ जेठ, काठमाडौं ।  पछिल्ला दिनमा नेपाली बजारमा सुनको मूल्य निरन्तर बढीरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९९० रुपैयाँ खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार ११:०४