४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१९ जेठ, काठमाडौं। सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि सेयरधनीको स्वामित्वमा रहेको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ११० रुपैयाँ तोकिएको छ । सो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी तथा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ । इच्छुक लगानीकर्ताले  जेठ २५ गतेभित्र सो सेयर खरिदका लागिआवेदन दिई सक्नुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार १०:३६