२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

१९ जेठ, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले वैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा अब असार ३ गतेसम्म आवेदन दिने सकिने छ। मागबमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने समय गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँबराबरको १ः०.२७ अनुपातमा रु.१०० अंकित दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख ५ गते बुकक्लोज गरेको थियो। यसको अर्थ वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सन नेपाल लाइफ इन्स्योरेन्सको पुतलीसडक कार्यालय , कम्पनीको विराटनगर, विरगञ्ज,पोखरा,बुटवल,नेपालगञ्ज,सुर्खेत,धनगढी शाखा कार्यालय, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार ०९:१०