सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
१८ जेठ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ८ सयमा कारोबार भईरहेको छ ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५ सयमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार ९८० रूपैयाँमा भएको चाँदीको मूल्य बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार ११:०४












