२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

बजेट पर्यटनमैत्री, होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह मान्यता

१७ जेठ, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेटप्रति होटल व्यवसायीहरुको छाता सङ्गठन उत्साहित भएको छ । सरकारले बजेटमार्फत होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर र विद्युत महशुल छुट दिने घोषणाको होटल सङ्घ नेपालले स्वागत गरेको हो । सङ्घद्वारा जारी विज्ञप्तिमो दशकौंदेखिको यो माग पूरा भएकोमा सरकारलाई धन्वाद ज्ञापन गर्दै यो घोषणाबाट होटल उद्योले पु¥याएको योगदानको कदर भएको जनाएको छ ।

काठमाडौँ, पोखरा, भैरहवाका अन्तरराष्ट्रिय विमानस्थलको सेवा र सञ्जालको द्रुत विस्तार गर्दै पर्यटकीय गन्तव्य जोड्ने स्तरोन्नती भइरहेका राष्ट्रिय राजमार्गको समयावद्ध निर्माण, नेपाल एयरलाइन्सको सुधार, नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने घोषणा महत्वपूर्ण रहेको जनाइएको छ ।

dainiki.com

पर्यटन क्षेत्रबाट देशले पाउने व्यापक आर्थिक लाभ बढाउन बजेटले पर्यटकको बसाई लम्बाउन र उनीहरुको खर्च बढाउन उच्च हिमाली, पहाडी, तराईका साथै प्रदेशका थप पर्यटकीय गन्तव्यको विकास र पर्यटकहरुले गर्ने साहसिक, धार्मिक, सांस्कृतिक, चलचित्र, आरोग्य, खेल लगायतका पर्यटकीय गतिविधिहरु बढाउन लिइएको पहल सकारात्मक रहेको होटल सङ्घले जनाएको छ ।

सीमा क्षेत्रको पर्यटन गतिविधि क्रस बोर्डर टुरिजम बढाउन सीमा नाकाहरुमा स्वागत तथा सेवा केन्द्र, स्वयम्भूनाथ, हनुमानढोका, पशुपतिनाथ र बौद्धनाथजस्ता युनेस्को सूचीकृत सम्पदाहरुमा सन्ध्याकालीन सम्पदामार्ग विकास गर्ने, देशैभरिका पर्यटकीय आकर्षण रहेका स्थलहरुमा सुरक्षित पर्या–पर्यटन पदमार्ग विकास गर्ने बजेटको सकारात्मक पक्ष रहेको संघको भनाइ छ र हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा ल्याउन पाउने व्यवस्थाबाट पर्यटकलाई सुविधा तथा खर्च गर्ने क्षमता बढाउने जनाउँदै सङ्घले भुकुटीमण्डपलाई अन्तरराष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउने घोषणको स्वागत गरेको छ ।

dainiki.com

बजेटले आर्थिक कुटनीतिमार्फत पर्यटन विकासमा निजी क्षेत्र तथा गैरआवासीय नेपालीसमेतको सहकार्यमा गर्ने, आधुनिक प्रविधि उपयोग गरेर पर्यटन गतिविधि सञ्चालन गर्ने बजेटको सवल पक्ष रहेको सङ्घले जनाएको छ । दुई प्रतिशत विलाशिता कर र १३ प्रतिशत हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धिकर नहटेको परिप्रेक्ष्यमा स्वदेशी पर्यटकीय सेवा महँगो भई कम प्रतिस्पर्धी भएको अवस्थामा घोषित पर्यटकीय विकासका कार्यहरु प्रभावकारी कार्यान्वयन गरी सेवाको स्तरीयता र प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको पनि सङ्घले जनाएको छ ।

dainiki.com

बजेटबाट विद्यमान पर्यटन पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र प्रभावकारी बजारीकरणका माध्यमबाट नेपाललाई सुरक्षित र भरपर्दो पर्यटकीय गन्तव्यको रूपमा ब्राण्डिङ गर्ने लक्ष्य प्राप्तिमा निजी क्षेत्रको अग्रणी भूमिका र योगदान खोजिएको सराहना गर्दै थप पर्यटनको विकासमा आवश्यक लगानी र खासगरी भारत र चीन केन्द्रित अन्तर्राष्ट्रिय प्रवद्र्धनमा पनि निजी क्षेत्रलाई अग्रणी भूमिका प्रदान गरिएबाट निजी क्षेत्र प्रोत्साहित हुने सङ्घले विज्ञप्तिमार्फत जनाएको हो ।

नाट्टा पूर्व अध्यक्ष समेत रहनुभएको ल्याण्डमार्क होटल्स् एण्ड रिसोर्टका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले वर्षाैदेखि पर्यटन क्षेत्रले सरकारसँग राखेका माग सम्बोधनको प्रयास गरेर निकै प्रशंसनीय काम गरेको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री र अर्थमन्त्रीको लय मिलेका कारण नीतिगत सुधारमा समेत द्रुत गतिमा काम हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार ०८:५२