२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

बजेट कुन चराको नाम हो थाहा पत्तो नहुनेको अर्तिबुद्धि त झनै उदेक लाग्दो

१६ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले बजेटको बारेमा जानकारी नभएकाहरूले समेत प्रतिक्रिया दिएको बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फत बजेटका बारेमा व्यक्त प्रतिक्रिया माथि टिप्पणी गर्दै उहाँले भन्नुभएको छ,  ‘बजेट कुन चराको नाम हो थाहा पत्तो नहुनेको अर्तिबुद्धि त झनै उदेक लाग्दो ।’

यस्तो छ रिमालको पूरा टिप्पणी
आगामी वर्षको बजेट प्रस्तुत भयो ।
खुशीको कुरा ——
नयाँ बजेटमा सबै पक्षको सकारात्मक प्रतिक्रिया आयो ।
यसले सरकारमा रहनेहरुलाई थप काम गर्न निश्चयनै प्रोत्साहन मिल्नेछ ।
दुःखको कुरा—-
विभिन्न दल र सार्वजनिक जीवनमा चिनिएका केही व्यक्तित्वहरूमा ‘नराम्रो भन्न नसक्ने – राम्रो भन्न मन नलाग्ने’ अनौठो द्विविधा देखियो।
झन अचम्म त केही केहीहरूबाट—-
यो वजेटले “नराम्रै गर्छ” भन्ने कसरी देखाउने भन्ने ‘पीर–सुर्ता’ समेत देखियो । बजेट कुन चराको नाम हो थाहा पत्तो नहुनेको अर्तिबुद्धि त झनै उदेक लाग्दो रह्यो ।
यस्तो प्रबृत्ति राम्रो त हुँदै होईन है!
बजेट मात्रै हैन सबै विषय—-
गुण-दोष तथा तथ्य र तर्कमा “राम्रो-नराम्रो” भन्न सके कति राम्रो हुन्थ्यो होला हगि?!

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार १२:३६